काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय समितिका बैठकमा सहभागी भएका छन् ।
प्रचण्ड राज्य व्यवस्था समितिको बैठकमा र देउवा कानुन समितिको बैठकमा सहभागी भएका छन् ।
राज्य व्यवस्था समितिमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा हृदयराम थानी संयोजकत्वको उपसमितिले बुझाएको प्रतिवेदनमा छलफल हुँदै छ ।
यसैगरी कानुन समितिमा केही नेपाल ऐन संशोधनमा वन तथा वातावरण मन्त्रालयको विषयमा छलफल हुँदै छ ।
संसदीय समितिमा शीर्ष नेताहरु बिरलै सहभागी हुने गर्दछन् । तर आज प्रमुख दलका शीर्ष नेताहरुकै सहभागितामा बैठक बसिरहेको छ ।