काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी भदौमा १४औं महाधिवेशन सम्भव नरहेको बताएका छन् । शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताए ।
उनले आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मंसिरसम्ममा हुने भनाई राखे । पार्टीभित्र क्रियाशील सदस्यताको विवाद महाधिवेशनका समयमा हुने गरेको जनाउँदै महामन्त्री कोइरालाले यो परिपाटीको अन्त्य गरी महाधिवेशनभन्दा एक वर्षअघि नै टुंग्याउनुपर्ने बताए । महाधिवेशन छिटो हुनुपर्नेमा आफूहरुको माग रहेको उनको भनाइ छ ।