काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा सुरु भएको छ । पुस २१ र २२ गते बस्ने केन्द्रीय समितिका एजेन्डा तय गर्न बैठक बसेको छ ।
बैठकमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र उपाध्यक्ष कृष्णबहादुर महरा पनि सहभागी भएका छन् । पुन राजनीतिमा सक्रिय हुने उदेश्यसहित माओवादी बैठकमा सहभागी हुन थालेका हुन भने महरा सुन तस्करीको आरोपमा गत वर्षको माघमा छोरा राहुल र आफूलाई पक्राउ गरिएपछि निष्क्रिय बनेका हुन् ।