काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमाले सचिवालयको बैठक सुरु भएको छ । पार्टी कार्यालय च्यासलमा बैठक केहीबेर अघिदेखि सुरु भएको हो ।
बैठकमा केन्द्रीय कमिटी बैठकका एजेन्डाका बारेमा छलफल गरिनेछ । केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेन्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको सो पार्टीले जानकारी दिएको छ ।
एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि बस्दैछ । पार्टीका तीन नेतामाथि भएको कारबाहीपछि बस्न लागेको बैठकलाई महत्वका साथ हेरिएको छ ।