मंगलवार, आश्विन २० गते २०८३

के-के समेटिएको छ प्रचण्डको राजनीतिक प्रतिवेदनमा ? 

बिहिवार , पौष १८, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारबाट सुरु हुने केन्द्रीय कमिटीको बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदन तयार पारेका छन् ।

केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्नको लागि बसेको स्थायी कमिटीको बैठकमा प्रचण्डले आफ्नो प्रतिवेदनबारे सामान्य ब्रिफिङ गरेका हुन् । 

प्रचण्डको राजनीतिक प्रतिवेदनमा वैचारिक, राजनीतिक, सांगठनिक, सांस्कृतिक बिषयहरु समेटिएका छन् । पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ भन्ने शीर्षकमा प्रतिवेदन पेश गरिनेछ ।

त्यसमा आगामी कार्ययोजना र संगठनात्मक विषय पनि समेटिएका छन् । प्रचण्डकोप्रतिवेदनमा पछिल्ला समामयिक राजनीतिक घटनाक्रम, आगामी कार्ययोजना, प्रतिपक्षमा रहेको पार्टीको भूमिकालगायतको विषय समेटिनेछन् ।

आफू नेतृत्वको सरकार ढलेर प्रतिपक्षमा पुगेको पाँच महिनापछि प्रचण्डले सिंगो केन्द्रीय कमिटीको बैठक पहिलो पटक फेस गर्दैछन् । केन्द्रीय कमिटीको बैठकअघि प्रचण्डले सबै प्रदेशस्तरीय परामर्श बैठक गरेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार