काठमाडौं । नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक आज बोलाइएको छ ।
आज दिउँसो ३ बजेपछि पार्टी मुख्यालय च्यासलमा केन्द्रीय कार्यालय बैठक बोलाइएको हो ।
केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार यो बैठकले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेन्डाका बारेमा छलफल गरिने छ ।
महासचिव शंकर पोखरेलको नेतृत्वमा रहेको एमाले केन्द्रीय कार्यालयमा केन्द्रीय उपमहासचिव, सचिव र केन्द्रीय कार्यालय सचिव सदस्य छन् ।