मंगलवार, आश्विन २० गते २०८३

चुलोचौको गर्ने महिलाले सरकार चलाउनु परिवर्तन होइन : प्रधानमन्त्री

शुक्रवार , पौष १९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्था परिवर्नतपछि नेपाली जनताको अवस्थामा पनि धेरै परिवर्तन भएको छ ।

प्रधानमन्त्री ओलीले आज राजधानीमा भएको सि लिड्स आइकन कार्यक्रममा शासन व्यवस्थामा मात्र नभई धेरै क्षेत्रमा परिवर्तन आइसकेको चर्चा गरेका छन् ।

एउटा भाष्य बनाउन खोजेका छन् । परिवर्तन व्यवस्थामा मात्र भएको हो, अवस्थामा होइन भन्ने,’ सहभागी महिलाहरूलाई सम्बोधन गर्दै उनले भने, ‘तपाईं जो यहाँ सहभागी हुनुभएको छ । तपाईंहरूका आमाको पालामा पनि यस्तै थियो त ? हिजो आमा, हजुरआमाले पनि यस्तै सुविधा उपभोग गरेका थिए ? पक्कै थिएनन् । हिजोभन्दा आजको अवस्थामा निकै परिवर्तन भइसकेको छ ।’

हिजो हुम्ला, जुम्ला, मुगु, डोल्पाबाट काठमाडौं आउनसमेत सम्भव नभएको, अवस्था परिवर्तन भएर सबैतिर यातायात पुगेको, महिलाको साक्षारता प्रतिशत निकै माथि उठेको, महिलाहरू जागिर खाने मात्र नभई उद्यमशील भएर अरुलाई रोजगारी दिइरहेकोलगायतका विषयमा चर्चा गरेका छन् ।

उनले भने, ‘हिजो सरकार के हो भन्नेसमेत थाहा नहुने अवस्था थियो । चुलौचौकाबाट बाहिर निस्किएर आज महिलाहरूले स्थानीय सरकार चलाएका छन् । यो परिवर्तन होइन,

पुरुषसँग शारीरिकबाहेक अन्य प्रतिस्पर्धामा महिला निकै अगाडि रहेको बताउँदै प्रधानमन्त्रीले संविधान र कानुनले गरेको व्यवस्थाअनुसार महिलाको प्रतिनिधित्व अन्य क्षेत्रमा पनि बढाउँदै लानुपर्ने धारणा राखेका छन् ।

‘महिलाले अब पुरुष बराबर समान अधिकार पाउनुपर्दछ । संविधान र कानुनले भन्छ । हामीले अहिले पनि त्यो गर्न सकेका छैनौँ । तर, त्यहाँ पुग्नैपर्दछ,’ उनले भने ।

प्रधानमन्त्रीले भने, अधिकार, सम्मान, सुरक्षा, सम्मानित जीवनले अवसर उपभोगमा अब महिलालाई समानता चाहिएको  छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार