काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ।
बैठक स्वयम्भूस्थित स्टार बाङ्क्वेटमा बिहान ७ बजे सुरु भएको हो। बैठकको पहिलो दिन आज सहकारीसम्बन्धी अध्यादेश, २०८१ र संसद्मा दर्ता भएका विधेयकबारे छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन्।
उनका अनुसार आजै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ पनि गर्ने कार्यक्रम छ।बैठकमा पार्टीको संगठन संरचना, समीक्षा, रणनीति, सबलीकरण र जागरणलगायत विषयमा छलफल हुनेछ। बैठक भोलि साँझ सकिने रास्वपाले जनाएको छ।