मंगलवार, आश्विन २० गते २०८३

नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरू

आइतवार , पौष २१, २०८१

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको केन्द्रीय कमिटी बैठक सुरू भएको छ ।

पार्टी मुख्यालय च्यासलमा केही समय अगाडी देखी बैठक सुरू भएको छ । बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसायिम राजनीतिक  परिस्थितिसहितको विषयवस्तु समेटिएको प्रतिवेदन प्रस्तुत गर्नेछन् । उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार बैठकमा प्रतिवेदनसहित समसामयिक विषयमाथि प्रत्येक केन्द्रीय सदस्यलाई धारणा राख्न करिब तीन मिनेटको समय उपलब्ध गराइने छ ।

राजनीतिक प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको विवेचना, नयाँ सरकार गठनपछिको पहिलो बैठक भएकाले कांग्रेससँगको सहकार्यको औचित्य, आवश्यकता र सिर्जना गरेका अवसरको विश्लेषणलगायतका विषयबस्तु समेटिने बताइएको छ ।

उपाध्यक्ष पाण्डेका अनुसार आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएको छ ।

बैठकमा तीन सय ५७ केन्द्रीय सदस्य, सात प्रदेशका अध्यक्ष र चारवटा केन्द्रीय आयोगका प्रमुख सहभागी छन् । दुई दिनभित्र बैठक सक्ने तयारी रहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार