काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको आज शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको छ ।
बैठकमा अध्यक्षको सम्बोधनसँगै अलग अलग दुई समिति गठन भएका छन् ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पोलिटब्युरो सदस्य सूर्य थापाको संयोजकत्वमा बहस नोट समिति गठन भएको हो । उक्त समितिको सदस्यमा केन्द्रीय सदस्य विष्णु रिजाल र निरज आचार्य सदस्य रहेका छन् ।
त्यसैगरी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको संयोजकत्वमा रघुजी पन्त र खगराज अधिकारी सदस्य रहेको समसामयिक प्रस्ताव समिति गठन भएको छ ।
प्रचार विभाग प्रमुख गौतमका अनुसार तीन दिनसम्म चल्ने बैठकमा समूह बनाएर अध्यक्षको प्रस्तावमाथि छलफल हुने छ ।