आइतवार, कार्तिक ९ गते २०८३

सांसद अपहरणमा संलग्न रहेको भन्दै मुख्यमन्त्री पोखरेलमाथि कारबाहीको माग

शुक्रवार , श्रावण २२, २०७८

काठमाडौं । सांसदको अपहरण तथा बन्धक बनाउने कार्यमा संलग्न रहेको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलमाथि कारबाही गर्न माग गरिएको छ । राष्ट्रियसभामा बैठकमा सदस्य प्रमिला कुमारीले सांसदको अपहरण तथा बन्धक बनाउने गतिविधिमा मुख्यमन्त्री पोखरेल संलग्न रहेको भन्दै कारबाहीको माग गरेकी हुन् ।

उनले माओवादी केन्द्रकी सांसद विमला खत्री वलीलाई साउन १५ गते मुख्यमन्त्री पोखरेलको निर्देशन र एमालेका लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालको प्रत्यक्ष संलग्नतामा घरबाटै अपहरण शैलीमा मुख्यमन्त्रीको निवासमा पु¥याएर पाँच दिनसम्म बन्धक बनाएर राख्नु खेदजनक रहेको बताइन् ।

उनले मुख्यमन्त्री पोखरेल पनि केपी शर्मा ओलीकै बाटोमा उन्मुख देखिएको टिप्पणी गरिन् । आफुलाई अपहरण गरी बन्धक बनाइएको भन्दै प्रदेशसभा सदस्य वलीले पत्रकार सम्मेलन नै गरेर जानकारी दिएकी हुन् । मुख्यमन्त्री पोखरेलले भने हालसम्म उनीमाथि लागेको आरोपको उचित जवाफ दिएका छैनन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार