काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी चुनावमा कांग्रेस र एमालेसँग मिलेर चुनाव नलड्ने भएको छ ।
केन्द्रीय समितिको आइतबारको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावबारे जानकारी दिँदै उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताए ।
उनले नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा बहुमत, विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य, प्रभु साहलगायतका पार्टीहरुसँग एकताको पहल गर्ने प्रस्ताव बैठकमा अध्यक्षले राखेको बताए ।