बुधवार, आश्विन १४ गते २०८३

कतारमा गाजा युद्धविराम वार्ता पुनः सुरु

सोमवार , पौष २२, २०८१

एजेन्सी । इजरायलले गाजा युद्धविराम र बन्धक मुक्त सम्झौताका लागि कतारमा पुनः वार्ता सुरु भएको पुष्टि गरेको छ ।

गाजा  सहरमा रहेको अल–घौला परिवारको घरमा बिहान भएको हवाई आक्रमणमा परी ११  जनाको मृत्यु भएकै दिन वार्ता सुरु भएको प्यालेस्टिनी प्रहरीले जनाएको छ ।

इजरायलका  रक्षामन्त्री इजरायल काट्जले सन् २०२३ को अक्टोबरमा भएको आक्रमणमा बन्धक  बनाइएका व्यक्तिको रिहाइका लागि कतारमा हमाससँग अप्रत्यक्ष वार्ता सुरु भएको  पुष्टि गरेका छन् । 

बन्धकमध्येकी एक महिला सैनिक लिरी अल्बागका आफन्तलाई  मन्त्रीले ‘बन्धकहरूलाई मुक्त गर्ने प्रयास भइरहेको र वार्ताका लागि इजरायली  प्रतिनिधिमण्डल शुक्रबार कतारमा पुगेको बताएका छन् । काट्जका अनुसार  प्रधानमन्त्री बेनाजामिनले ‘वार्ताका लागि विस्तृत निर्देशन’ दिएका छन् । हमासको  सशस्त्र शाखा इजेदिन अल–कासम ब्रिगेडले गाजामा अल्बागलाई कैदमा राखेको भिडियो  सार्वजनिक गरेपछि उनले यस्तो बताएका हुन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार