काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको आइतबार सुरु भएको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने छ ।
एमाले केन्द्रीय समिति बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ । आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राख्ने छन् ।
बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
यस्तै, माओवादीको केन्द्रीय कमिटी बैठक पनि आज बिहान धुम्बाराहीस्थित एक ब्याङ्केटमा सुरु हुनेछ । आइतबारको बैठकमा एमाले र कांग्रेससहितको ओली नेतृत्वको सरकार असफल भइसकेको, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गने ता राष्ट्रिय एकता सुदृढ लगायतका काममा उल्टो बाटोतिर सरकार गइरहेको निष्कर्ष निकालिएको थियो ।
प्रचण्डले एमाले नेतृत्वले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई दाउपेचको विषय बनाएको आरोप पनि लगाएका छन् ।संक्रमणकालीन न्यायको कामलाई एमालेले राजनीतिक दाउपेचको विषय बनाउँदा आयोग गठनमा ढिलाइ टिप्पणी प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा गरेका हुन् ।