मंगलवार, आश्विन २० गते २०८३

रवि लामिछानेको तर्फबाट आजदेखि थुनछेक वहस

सोमवार , पौष २२, २०८१

काठमाडौं ।  सूर्य दर्शन सहकारी ठगी प्रकरणमा आजदेखि कास्की जिल्ला अदालतमा रवि लामिछानेको तर्फबाट कानुन व्यवसायीहरुले थुनछेक वहस गर्दैछन् । 

जिल्ला न्यायाधिश नितिश राईको इजलासमा आजदेखि लामिछानेको तर्फबाट कानुन व्यवसायीहरुले थुनछेक वहस गर्न लागेका हुन् । यसअघि सोही प्रकरणमा पूर्व डिआइजी छविराज जोशी र लिला पछाईको तर्फबाट थुनछेक वहस भैसकेको छ भने सोही प्रकरणमा पक्राउ परेका कृष्णबहादुर गुरुङ, उनकी छोरी एमाले नेत्री एवं गण्डकी प्रदेश सभाकी पूर्व सांसद मिना गुरुङ, अनिता गुरुङ र रामबहादुर खनालको थुनछेक वहस हुन् बाँकी रहेको छ ।

सैबीच, रवि लामिछानेका तर्फबाट कास्की जिल्ला अदालतमा हुने थुनछेक वहसमा सहभागी कानून व्यनासायी यज्ञमणि न्यौपानेले सहकारी पीडितहरुले बचत रकम फिर्ता नपाउने परिस्थिति बन्दै गएको बारे इजलासमा कुरा उठ्न थालेको बताएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार