मंगलवार, आश्विन २० गते २०८३

ओलीलाई ठुलै झट्का, सरकारबाट बाहिरिने जनमतको चेतावनी

सोमवार , पौष २२, २०८१

काठमाडौँ । सत्तारुढ गठबन्धनमा सहभागी जनमत पार्टीका अध्यक्ष सिके राउत प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेससँग असन्तुष्ट बनेका छन्। जनमतले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मधेस प्रदेश सरकारको नेतृत्वबाट बाहिरिन सक्ने चेतावनी दिएको हो।

उक्त पार्टीका नेताहरूले जनमतले नेतृत्व गरेको मधेस प्रदेश सरकारलाई सरकारमै रहेर पनि कांग्रेस र एमालेले ढाल्न खोजेको, असफल र बदनाम बनाउन प्रयास गरिरहेको बताउँदै कांग्रेस र एमालेको यही रबैया कायमै रहे जनमत पार्टी सत्तारुढ गठबन्धनबाट बाहिरिन सक्ने जनाएका छन्।

जनमत पार्टीका प्रवक्ता डा. शरतसिंह यादवले अबदेखि जनमतले नेतृत्व गरेको प्रदेश सरकार सञ्चालनमा कांग्रेस र एमालेले सहयोग नगरे आफूहरूले सोच्न बाध्य हुने चेतावनी दिएका छन्। ‘हामीले नेतृत्व गरको मधेस प्रदेश सरकार सञ्चालन गर्न कांगे्रस र एमालेबाट सहयोग भएन। उल्टो बद्नाम गर्न र सरकार ढाल्न दुई दल सक्रिय भए’, यादवले भने, ‘कांग्रेस र एमालेको यही अवस्था रहेमा हामी पनि सोच्न बाध्य हुने छौं।’

उनका अनुसार त्यस्तो अवस्था उत्पन्न भएमा जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिने छ र मधेस सरकारबाट बाहिरिने छ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार