काठमाडौँ । कैलालीको गोदावरी नगर कमिटीका ४६ जना सदस्यले नेकपा (एमाले) परित्याग गरेको भन्दै सामूहिक राजीनामा दिएका छन् ।
नेकपापछि एमालेमे रहेका माओवादी धारका उनीहरूले आफूहरू पूर्वमाओवादी भनेर अपहेलित हुनुपरेको उल्लेख गरेका छन् ।साथै उनीहरूले एमाले नेताहरूले जनयुद्धकाबारेमा लगातार प्रहार गरेको भन्दै त्यसमा पनि असहमति जनाएका छन् । उनीहरूको राजीनामा पत्रमा यही ११ पुसको मिति लेखिएको छ ।
यहाँभित्र एमाले भएर बस्दा पनि हामीले पटक-पटक अपमानित हुनुपर्ने, राजनीतिको रूपमा पूर्वमाओवादी भनेर अपहेलित हुनुपर्ने, मूल नेतृत्वकै विरुद्ध तलैसम्म गुटबन्दी गर्ने परम्पराभित्र अब बस्न सकिन्न भन्ने निष्कर्षमा हामी पुगेकै हो,' सामूहिक राजीनामा पत्रमा उल्लेख छ ।
हालै एमालेले डा. भीम रावललाई पार्टीबाट निकालेको छ । यसको असर सुदूरपश्चिममा परिरहेको छ ।