मंगलवार, आश्विन २० गते २०८३

रेमिट्यान्स मार्फत रवि लामिछानेले ७५ लाख विदेश पठाएको फेला

सोमवार , पौष २२, २०८१

काठमाडौँ । कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समेतबाट अपचलन गरेको रकम रवि लामिछानेको नामबाट विदेश पठाएको भेटिएको छ ।

काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख भएअनुसार ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिटमार्फत विदेश पठाएको फेला परेको छ  ।

२०२१ र २०२२ मा उक्त रकम गएको प्रहरी अनुसन्धानको निष्कर्ष छ । बयानमा रास्वपा सभापति रवि लामिछानेले ‘एलएओ एसिया प्यासिफिक स्याटेलाइट कम्पनी’ लाई भुक्तानी बापत उक्त रकम पठाएको जिकिर गरेका हुन् ।  उनले गोरखा मिडिया नेटवर्कले एलएओ एसिया प्यासिफिक स्याटेलाइट कम्पनीसँग सम्झौता गरेका बताएका हुन् ।

२०७७ चैत २० मा गोरखा मिडिया नेटवर्कको बैठकले जगेडामा रहेको शेयर मध्ये १ लाख ८० हजार थान रवि लामिछानेलाई खरिद गर्न अनुमति दिने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार लामिछानेलाई जीबी राईले सहकारीको रकम ट्रान्सफर गरिदिएको प्रहरी अनुसन्धानको निष्कर्ष छ । 

Rabi Remit (2081)

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार