मंगलवार, आश्विन २० गते २०८३

जनार्दन र हरिबोलको मतको सम्बोधन भएको छ ; प्रचण्ड

सोमवार , पौष २२, २०८१

काठमाडौं । नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र फरक मत राख्ने नेताहरुको विषय सम्बोधन भएको र बाँकी महाधिवेशनबाट टुंग्याउने बताएका छन्।

आज दोस्रो दिनको बैठक प्रारम्भ गर्दै उनले आफ्नो संक्षिप्त धारणा राख्ने क्रममा यस्तो बताएका छन् । प्रचण्डले पार्टीभित्र आन्तरिक एकता कायम भएको र उपमहासचिवद्वय हरिबोल गजुरेल र जनार्दन शर्माको मतको सम्बोधन भएको बताएका छन् ।

‘पार्टी भित्रको आन्तरिक एकता कायम हुन्छ,’ उनको भनाइ छ, ‘ जनार्दन र हरिबोल गजुरेलको मतहरुको समेत सम्बोधन भएको छ।’

उनले बाँकी रहेको विषय महाधिवेशनमा जाँदा बहस गरेर टुंग्याउने बताएका छन् । उनले  केही बाँकी रहेका मतलाई महाधिवेशनमा जाँदा बहस गरि हल गर्न सकिने बताएका छन् ।

उनले बैठकलाई ‘एकता र बिजयको बैठक’को संज्ञा दिएका छन् । ‘यो बैठक एकता र बिजय को बैठक हो,’ बैठकमा ७ मिनेटजति बोलेका प्रचण्डले भने, ‘सबै मिलेर पार्टी निर्माण गरौं ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार