काठमाडौं । नेकपा एमालेका सांसद एवम् सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई आज पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताएका छन् ।
ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा प्रहरीले पक्राउ गरी अनुमति माग गरेको थियो । सोमबार अदालतले पोखरेललाई पक्राउ गर्न अनुमति दिएको हो ।
मोरङको रंगेली नगरपालिका २ बस्ने एमालेका मोरङ जिल्ला सदस्य समेत रहेका अनिलले एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख रुपैयाँ लिएको आरोप छ ।