मंगलवार, आश्विन २० गते २०८३

भूकम्प महसुस भएपछि प्रधानमन्त्रीले भने : सतर्क रहनुहोला

मंगलवार , पौष २३, २०८१

काठमाडौँ- काठमाडौँसहित विभिन्न ठाउँमा भूकम्पको महसुसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शतर्क रहन अनुरोध गरेका छन्। उनले भूकम्पपछि सामाजिक सन्जालमार्फत शतर्क रहन र सुरक्षित बन्न अनुरोध गरेका हुन्।

‘हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन्। सबै सतर्क रहनुहोला, सुरक्षित रहनु होला।’ ओलीले फेसबुकमा लेखेका छन्।

मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा शक्तिशाली भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

केन्द्रका अनुसार चीनको दिंगे काउन्टीलाई केन्द्रविन्दु बनाएर ७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का महसुस भएपछि मानिसहरू सडकमा निस्किएका थिए ।

 

 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार