काठमाडौँ । नेपाल तिब्बत सीमानजिकै गएको ७ म्याग्नेच्युडको भूकम्पले तिब्बतमा मानवीय क्षति भएको छ। अहिलेसम्म तिब्बतमा ९ जनाको मृत्यु पुष्टि भइसकेको चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले जानकारी दिएको छ।
तिब्बत र नेपालको सीमा क्षेत्रलाई केन्द्रविन्दू बनाएर मंगलबार बिहान ६ः५० बजे ७ म्याग्नेच्युडको भूकम्प गएको थियो। राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएअनुसार मंगलबार बिहानको भूकम्पको केन्द्र नेपाल नजिकै हो।
पूर्वी पहाड, मधेस र काठमाडौं उपत्यकामासमेत केहीबेर भूकम्पको कम्पन महसुस गरिएको थियो।