बुधवार, आश्विन २८ गते २०८३

काठमाडौंमा भूकम्पजाँदा छतबाट हामफाले एक पुरूष, बारामा ११ विद्यार्थी बेहोस

मंगलवार , पौष २३, २०८१

काठमाडौं । आज बिहान ६ बजेर ५० मिनेटमा नेपालमा भूकम्पको धक्का महसुस भएको हो । यो भूकम्प तिब्बतको डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर गएको हो ।  त्यहाँ ७ म्याच्नेच्युटको भूकम्प गएको र धक्का नेपालमा पनि महसुस भएको हो ।

भूकम्प आउँदा काठमाडौं उपत्यकाका मानिसहरू घरबाहिर निस्किएका थिए । काठमाडौंको स्युचाटारस्थित एक घरको छतबाट पुरूषले हामफालेका हुन् । भूकम्पको धक्का महसुस भएपछि ती पुरूषले डेढ तले घरको छतबाट हामफालेका हुन् ।

नागार्जुन नगरपालिका वडा नम्बर १० स्युचाटार बस्ने ती पुरूषले घरको छतबाट हामफालेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी विश्व अधिकारीले बताउका छन्  । उनको दुवै खुट्टामा चोट लागेर मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

भूकम्पको धक्का महसुस भएपछि बारामा विद्यार्थीहरू बेहोस भएका छन् । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो । उपचारपछि स्वास्थ्य अवस्था सामान्य भई उनीहरू डिस्चार्ज भइसकेका छन् । भूकम्पले नेपालमा मानवीय क्षति नभएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार