मंगलवार, आश्विन २० गते २०८३

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजै सकिने

मंगलवार , पौष २३, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज नै सकिने भएको छ ।
यसका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो २ बजेसम्म केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि जवाफ र निर्णय प्रक्रियामा अगाडि बढ्ने प्रस्ताव गरेका छन् ।

आज बैठकको सुरुमा बोल्दै प्रचण्डले आफूले पेस गरेको राजनीतिक प्रस्तावमा सबैको सर्वसम्मत धारणा आएको बताएका छन् । त्यसैले छलफलको प्रक्रिया छोट्याउने र दिउँसो २ बजेसम्म केन्द्रीय सदस्यहरूले धारणा राखिसक्ने गरी निर्णय प्रक्रियामा अघि बढ्ने बताएका छन् ।

आइतबार प्रचण्डले ३० पेजको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् । त्यसमा धारणा राख्न १८० जनाले नाम टिपाएका थिए । ८० जनाले सोमबार बोलेका हुन् । बाँकीले बोल्नेक्रम जारी छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार