आइतवार, कार्तिक ९ गते २०८३

वैदेशिक रोजगार सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसदमा दर्ता

शुक्रवार , श्रावण २२, २०७८

काठमाडौं । वैदेशिक रोजगारलाई सुरक्षित बनाउने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको छ । जरुरी सार्वजनिक महत्वको प्रस्तावको प्रस्तावक नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला हुन् भने कांग्रेसकै सांसदद्धय प्रमिला राई र रामबहादुर बिष्ट समर्थक छन् ।

उनीहरुले कोरोना भाइरस (कोभिड १९) बाट सृजित समस्याले वैदेशिक रोजगारमा कतिले ज्यान गुमाए, कतिले रोजगारी गुमाए, कति स्वदेश फर्किए त्यसको विस्तृत तथ्याङक सरकारसँग माग गरेका छन् ।

देश भित्रै रोजगारी गुमाएका र विदेशमा रोजगारी गुमाएर स्वदेश फर्केकाहरुलाई प्राथमिकताका आधारमा रोजगारी सिर्जना, तालिम, सहुलियतयुक्त ऋण तथा बजार समेत सुनिश्चित गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार