मंगलवार, आश्विन २० गते २०८३

उमेरहद लागेर बिदा भएका नेताबारे अहिले निर्णय गरौं : रञ्जित तामाङ 

मंगलवार , पौष २३, २०८१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रीय समिति बैठकमा अनेरास्ववियू क्रान्तिकारीको जारी महाधिवेशन र यसको नेतृत्वबारे प्रशस्त बहस भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पूर्वविद्यार्थी अध्यक्षहरू तथा युवा नेताहरूले क्रान्तिकारीको नयाँ नेतृत्व तथा ३२ वर्षे उमेरहद लागेर बिदा भएका देशभरका झण्डै ६ सय नेता कार्यकर्ताबारे चासो देखाएका छन् ।

मंगलबार तेस्रो दिनको बैठमा क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङले पार्टी केन्द्रीय समितिको यही बैठकबारे बिदा भएका नेताहरूबारे निर्णय गरेर जान प्रस्ताव गरेका हुन् । उनले भने, युवाहरूको भर्ती खोलेर पार्टी निर्माणका जिम्मा दिनु पर्दछ । युवाहरूलाई निराश बनाएर पार्टीमा उत्साह आउँदैन । उमेरहदका कारण बिदा हुने विद्यार्थीहरूलाई सबै तहमा प्राथमिकताका साथ यहीँबाट न्यायोचित निर्णय गरेर जाउँ । 

तामाङले वर्तमान सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङमाथि गर्न लागेको कारबाहीबारे पनि बैठकमा धारणा राखेका छन्  । तामाङले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएमा तत्काल पार्टी सडक संघर्षमा जानुपर्ने बताएका छन् ।

अध्यक्ष प्रचण्डको नेतृत्वको विकल्प पार्टीमा नभएको तर्क अघि सार्दै तामाङले भने, ‘प्रचण्ड पोश्चर नै माओवादीको विगत, वर्तमान र भविष्य हो, पार्टी पदाधिकारीमा पनि आशालाग्दा नेताहरू हुनुहुन्छ । उहाँहरूको पासपोर्ट साईजको फोटोको पनि कार्यकर्तालाई हेक्का छ । उहाँहरूले धैर्यता गर्नुपर्दछ । माओवादीलाई २०६४ सालमा फर्काउनका लागि पार्टीमा एकता र केन्द्रीकरण जरुरी छ ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार