मंगलवार, आश्विन २० गते २०८३

सरकारले संसद छलेर अध्यादेशमार्फत शासन गर्न खोजेको माओवादीको निष्कर्ष

मंगलवार , पौष २३, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले १६ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । आइतबारबाट सुरु भएको बैठकले समसामयिक प्रस्तावहरु पारित गरेर बैठक सकिएको प्रवक्ता अग्नि सापकोटाले बताएका हुन् ।

माओवादीले सरकारले संसद छलेर अध्यादेशमार्फत राज्य सञ्चालन गर्ने, देश दुई दलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको निरंकुश प्रवृत्तिको विरोध गरेको छ ।

माओवादीले तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन पनि माग गरेको छ । सरकारले सहकारीको समस्या समाधान गर्नु भन्दापनि सत्ता निकटकालाई जोगाएर विपक्षीलाई पूर्वग्रहपूर्ण व्यवहार देखाएको पनि माओवादीको निष्कर्ष छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार