काठमाडौं । सशस्त्रका चार डीआईजीको म्याद थपबारे निर्णय लिन मन्त्रिपरिषद बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् आकस्मिक बैठक बोलाएका हुन ।
अहिले साँझ ७ बजे बालुवाटारमा बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । बैठकमा सशस्त्र प्रहरीका चार डीआईजीका पदावधिबारे निर्णय हुने कार्यसूची रहेको छ ।