मंगलवार, आश्विन २० गते २०८३

धनराज गुरुङसँग सीआईबीले दोस्रो पटक लियो बयान

मंगलवार , पौष २३, २०८१

काठमाडौँ । मितेरी सहकारी ठगीबारे  नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई प्रहरीलेदोस्रो पटक बयान गराएको छ । गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोमा बोलाएर सोधपुछ गरिएको हो । 

सीआईबीमा गुरुङले करिब ५ घण्टा बयान दिएका हुन् । यसअघि कार्तिक २८ मा प्रहरीले उनलाई ललितपुर महानगरपालिका वडा नम्बर-५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको घटनामा सोधपुछ गरेको थियो । सहकारीका सञ्चालक ज्योति गुरुङ सहित ५ जना विरुद्ध जाहेरी परेको छ ।ज्योति गुरुङ धनराजकी पूर्वपत्नी हुन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार