मंगलवार, आश्विन २० गते २०८३

सशस्त्रका चार डीआईजीकाे म्याद थप्ने सरकारकाे निर्णय

बुधवार , पौष २४, २०८१

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका चार नायब महानिरीक्षक (डीआईजी) को म्याद थप गर्ने निर्णय गरेको छ ।

सशस्त्र प्रहरी बल नियमावलीले डीआईजी दर्जामा बढुवा भएका भएका अधिकृतको चार वर्षे कार्यकाल पूरा भएपछि एक वर्षको थप अवधि पाउने सुविधा गरेको छ । 

सशस्त्र मुख्यालयको सिफारिसअनुसार गृह मन्त्रालयले दुई साता पहिल्यै डीआईजीहरु शम्भु सुवेदी, कमल गिरी, गणेश ठाडा मगर र कुलबहादुर नेम्वाङको एक वर्ष अवधी थपको सिफारिस मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गरेको थियो ।

सशस्त्र प्रहरी बल नियमावलीले डीआईजी दर्जामा बढुवा भएका भएका अधिकृतको चार वर्षे कार्यकाल पूरा भएपछि एक वर्षको थप अवधि पाउने सुविधा गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार