मंगलवार, आश्विन २० गते २०८३

सरकारले रंगशाला निर्माणको कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ : प्रधानमन्त्री ओली

बुधवार , पौष २४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका विभिन्न सहरमा रंगशाला निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको बुधबार बिहान सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले यस्तो बताएका हुन् ।

सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ । देशका विभिन्न सहरमा रंगशाला निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको छ,’ प्रधानमन्त्री ओलीले फेसबूकमा लेखेका छन् ।

उनले वीरेन्द्रनगरमा निर्माणधीन फूटबल रंगशालाको तस्वीर पनि फेसबूकमा राखेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार