मंगलवार, आश्विन २० गते २०८३

सहकारी प्रकरण : एमाले नेताकी पत्नी अन्जलालाई १० लाख धरौटीमा छाड्न आदेश

बुधवार , पौष २४, २०८१

काठमाडौँ । सहकारीको रकम हिनामिना आरोप लागेकी सार्वजनिक लेखा समिति सभापति तथा एमालेका नेता ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालालाई १० लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत मोरङमा आज भएको थुनछेक बहसमा न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले कोइरालालाई धरौटीमा छाड्न आदेश दिएको अदालतका प्रवक्ता हेम बुढाथोकीले नेपाल प्रेसलाई बताए । उनले धरौटी बुझाइसकेकी छन् ।

मोरङको धनपालथानमा रहेको उमा गौरी कृषि सहकारीमा पूर्वसञ्चालक सदस्य रहेकी अन्जलाविरुद्ध मोरङ अदालतमा मुद्दा दायर भएपछि उनी फरार थिइन् । उनी आज अदालत खुलेलगत्तै हाजिर भएकी थिइन् ।

अदालतले पुस २ गते कोइराला, सहकारीका अध्यक्ष शम्भु रौनियार, अन्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष खवास भने ५ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन् । उनीहरूसँग २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ बिगो दाबी गरिएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार