काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी कास्की अदालतमा विचाराधीन मुद्दामा बिहीबार आदेश आउने सम्भावना भएको छ ।
बुधबार नै जाहेरवालाका वकिलहरूले जवाफी बहस सकेका छन् । बिहीबार सरकारी वकिलहरूले बहस गरेपछि साँझसम्म आदेश आउन सक्ने स्रेस्तेदार राजन खनालले जानकारी दिए ।