काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज बिहान ५ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस देखिएको हो। हिजो बुधबार ५.५ डिग्री सेल्सियस थियो।
त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८ः४५ बजे पुनः मापन हुन्छ। त्यतिबेलासम्म काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अझ घट्ने सम्भावना हुन्छ अथवा यत्ति नै रहन पनि सक्छ। न्यूनतम तापक्रम घटेसँगै बिहान काठमाडौँ उपत्यकामा कठ्यांग्रिँदो चिसो महसुस भएको छ।