आइतवार, कार्तिक ९ गते २०८३

भैंसी किन्ने बहानामा बेहोस बनाई लुटपाट

शुक्रवार , श्रावण २२, २०७८

काठमाडौं । दैलेखको भैरवी गाउँपालिका-१ रावतकोमा भैँसी किन्ने बहाना बनाएर आएका तीन जना अज्ञात व्यक्तिहरूले लुटपाट गरेका छन् । भैरवी-१ रावतकोटका बस्ने सेते खत्रीको घरमा बिहीबार राति भैँसी किन्ने बहानामा आएका तीन जना अज्ञात व्यक्तिहरूले नाम नखुलेको औषधि खुवाई बेहोस बनाएर लुटपाट गरेका दैलेख प्रहरीले जनाएको छ ।

सेतेकी श्रीमती ६९ वर्षीया माग्ली खत्री र छोरी ४८ वर्षीया नानकला खत्री बेहोस भएपछि प्रहरीलाई स्थानीयले खबर गरेका थिए । उनीहरूलाई उपचारका लागि दैलेख अस्पताल ल्याएकोमा थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ । 

उनीहरूलाई कुन औषधि खुवाएर बेहोस बनाइएको हो भन्नेबारे नखुलेको प्रहरीले जनाएको छ । सेतेको परिवार उपचारपछि फर्किएपछि मात्र के–कति सामग्री लुटिएको छ भन्नेबारे खुल्ने प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार