काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
हाल कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागमा आन्शिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू-भागहरुमा हुस्सु लागेको अवस्था छ ।
आज कोशी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ भने मधेश प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै बागमती प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने गण्डकी प्रदेशमा आज आंशिक बदली रहने सम्भावना रहेको छ ।
त्यसैगरी आज लुम्बिनी प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने कर्णाली प्रदेशमा पनि मौसम सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा पनि मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।
आगामी २४ घण्टा बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।