काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित पाँचकिलोमा यात्रुबाहक बस दुर्घटना भएको छ । बा.प्र.०१-००६ ख ४७१० नम्बरको बस दुर्घटना भएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताएका छन् ।
दोलखाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस ब्रेक फेल भएर सडकको भित्तामा पल्टिएको चालकले प्रहरीलाई बताएका हुन् । दुर्घटनामा मानविय क्षति भने भएको छैन ।