काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने २ बजेको फ्लाइट क्यान्सिल गरेर स्थलमार्ग हुँदै काठमाडौं हिडेका छन् । केही बेरअघि सभापति लामिछाने स्थलमार्ग हुँदै आफ्नै गाडीमा काठमाडौं हिडेका थिए ।
लामिछाने आजै काठमाडौँ जिल्ला अदालतमा जतिसक्दो चाँडो उपस्थित हुनेगरी हिडेका हुन् । लामिछाने कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि बिहीबार रिहा भएका छन् ।
अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने हिरासत मुक्त भएका थिए ।