मंगलवार, आश्विन २० गते २०८३

लिला पछाईंले पनि बुझाइन् ३७ लाख धरौटी

शुक्रवार , पौष २६, २०८१

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लिला पछाईंले पनि धरौटी बुझाएकी छिन् । उनले शुक्रबार जिल्ला अदालत कास्कीमा नगद धरौटी बुझाएकी हुन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लीलासहित ७ जनालाई बिहीबार धरौटीमा छोड्न आदेश दिएको थियो । पछाईंसँग ३७ लाख धरौटी माग गरेका थिए ।

अन्य ६ जना बिहीबार नै धरौटी बुझाएर रिहा हुँदा लीलाले भने बुझाएकी थिइनन् । बिहीबार पैसा बुझाउन नसकेपछि उनलाई कास्की कारागार चलान गरिएको थियो । आज पछाईंले ३७ लाख धरौटी बुझाएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताएका छन् ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार