काठमाडौं । काठमाडौँमा जेसीबीको ठक्करबाट आज एक बालिकाको मृत्यु भएको छ ।
नागार्जुन नगरपालिका ६ ह्वाईट गुम्बा नजिकै सडकमा बा २ क ६०८८ नम्बरको जेसीबीको ठक्करबाट सोही नगरपालिका ६ बस्ने पंचकुमारी तामाङकी छोरी ११ वर्षीया अनुसा तामाङको आज दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो । प्रहरीले जेसीबी चालकलाई नियन्त्रणमा लिएको छ ।