मंगलवार, आश्विन २० गते २०८३

प्रचण्ड, माधव नेपाल र राजेन्द्र लिङदेनबिच भेटवार्ता

शुक्रवार , पौष २६, २०८१

काठमाडौं । सिंहदरबारमा प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलका शीर्ष नेताहरूबीच छलफल भएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल केन्द्रित रहेको हो । राप्रपाले पुस २७ गते पृथ्वी जयन्तीमा चियापान समारोह गर्ने भएको छ ।

यसै सन्दर्भमा अध्यक्ष लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग पनि भेटवार्ता गरिसकेका छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार