मंगलवार, आश्विन २० गते २०८३

अहिलेको गठबन्धन अप्राकृतिक ढंगको चल्दैन अब : प्रचण्ड

शुक्रवार , पौष २६, २०८१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धन अप्राकृतिक रहेको भन्दै अब नचल्ने बताएका छन् ।

आज सिंहदरबारमा  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग छलफलपछि पत्रकारहरूको प्रश्नमा जबाफ दिँदै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका प्रचण्डले भने, ‘यो गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शी छ भन्ने कुरा मैले गम्भीर रूपले संसदमै र बाहिर पनि भनेको तपाईंहरूले सुन्नुभएकै हो । अप्राकृतिक ढंगले अब यो चल्दैन ।

अध्यक्ष दाहालले समाजवादी मोर्चालाई सक्रिय बनाउनेबारे हिजो र आज छलफल गरिएको बताएका छन् । समाजवादी मोर्चाको बैठक माघ २ गते बस्ने पनि अध्यक्ष दाहालले बताएका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार