काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा हुने भएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश अधिकारीको इजलासमा लामिछानेको बयान र त्यसपछि थुनछेक बहस सुरू हुने अदालत स्रोतले जानकारी दिएको छ । लामिछाने आज बिहान साढे ९ बजेनै अदालतमा हाजिर भएका हुन् । यसअघि कास्की जिल्ला अदालतले उनलाई सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा ६५ लाख धरौटी माग गरी छाड्न आदेश दिएको हो ।
उक्त आदेशपछि काठमाडौंमा उनी आफै हाजिर हुने गरी छुटेका हुन् ।