बुधवार, आश्विन २८ गते २०८३

जलस्रोत तथा सिंचाइ विभागका पूर्वइञ्जिनियर विष्णु कुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा 

आइतवार , पौष २८, २०८१

काठमाडौं । करिब पाँच करोड रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको भन्दै अख्तियारले जलस्रोत तथा सिंचाइ विभागका पूर्वइञ्जिनियर विष्णु कुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

२०४६ सालमा सरकारी सेवा प्रवेश गरेका उनी २०७७ असारसम्मको अवधिमा गैरकानूनी रकम आर्जन गरेको अख्तियारले दाबी गरेको छ । यो अवधिमा उनले ११ करोड २५ लाख रुपैयाँ आर्जन गरेकोमा १६ करोड १३ लाख रुपैयाँको सम्पत्ति भेटिएको छ ।अख्तियारले उनीमाथि चार करोड ८८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।

आफूले कमाएको सम्पत्ति पत्नी लक्ष्मीकुमारी, बाबु हरिकुमार श्रेष्ठ र आमा इन्द्रकुमारी श्रेष्ठका साथै छोरा विवेकको नाममा समेत राखेको भन्दै अख्तियारले उनीहरुलाई पनि प्रतिवादी बनाएको छ ।

अख्तियारले लामो समय सिंचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनामा ठेकेदारहरूसँग मिलेर कमिसन खाएको भन्दै उनीविरुद्ध उजुरी परेको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार