काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरण मुद्दामा रास्वपाका सभापति रवि लामिछानेको बयान सकिएको छ । आज काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा लामिछानेको बयान सकिएको हो ।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा दिउँसो साढे १२ बजेतिर सुरु भएको लामिछानेको बयान केही बेरअघि सकिएको हो । थुनछेक बहस पनि आजै नै हुने अदालतले जनाएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते धरौटीमा रिहा भएपछि पुस २६ गते साँझ काठमाडौँ आइपुगेका लामिछाने आज (आइतबार) बिहानै काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका हुन् ।