काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेविरुद्ध काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बहस गर्दै छन् । उनीहरू अहिले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उपस्थित भइसकेका छन् ।
कालिमाटीको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम संगठित तवरले ठगी गरेको अभियोगमा रविसहितका अभियुक्तहरूविरुद्ध मुद्दा चलिरहेको छ ।यस प्रकरणका दुई अभियुक्त यसअघि नै धरौटीमा छुटिसकेका छन् । मुख्य अभियुक्तमध्येका जीबी राई फरार छन् भने अर्का अभियुक्त कुमार रम्तेल कास्की कारागारमा रहेका छन् ।
पोखराको सूर्यदर्शन सहकारी संस्थाको मुद्दामा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका रवि आइतबार काठमाडौँ अदालतमा आफै उपस्थित भएका थिए । न्यायाधीश अधिकारीको इजलासमा उनको बयान सकिइसकेको छ । अहिले न्यायाधीश अधिकारी इजलासमा मिसिल अध्ययन गर्दै छन् ।