बुधवार, आश्विन २८ गते २०८३

आज राति यी प्रदेशमा पहाडमा पानी र हिमाली भेगमा हिउँ पर्ने सम्भावना

आइतवार , पौष २८, २०८१

काठमाडौँ । आज राति हिमाली क्षेत्रमा हिउँ र पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। 

महाशाखाले आइतबार बेलुका जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार देशका तराई क्षेत्रमा भने मौसम बदली मात्र हुने तर वर्षा हुने सम्भावना छैन। 

कोसी प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। तराई क्षेत्रमा भने साधारणतया बदली रहने मात्र सम्भावना छ।

मधेस प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रहने सम्भावना छ। बागमती प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रका एकरदुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। तराई क्षेत्रमा भने साधारणतया बदली मात्र रहने सम्भावना छ।

गण्डकी प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ। कर्णाली प्रदेशको हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ भने पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ।

सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका एकरदुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार