मंगलवार, आश्विन २० गते २०८३

रविलाई अदालत लगिँदै, किन अदालतमा हाजिर छैनन् छवि ?

सोमवार , पौष २९, २०८१

काठमाडौं । सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसका लागि रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत लगिँदै छ । बिहीबार पोखराबाट उनीसँगै रिहा भएका पूर्वडीआईजी छविलाल बन्जाडे जोशी अहिलेसम्म काठमाडौं जिल्ला अदालतमा हाजिर गएका छैनन् ।

जिल्ला प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार रविलाई अदालत लैजाने टोली तयार भइसकेको छ । तर, जोशीका बारेमा केही जानकारी नभएको उनले बताएका छन् । छवि पनि पोखरामा सञ्चालित सूर्यदर्शन सहकारी ठगी मुद्दामा रविसँगै बिहीबार रिहा भएका हुन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले उनलाई ८८ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतको आदेशपछि उनी काठमाडौं गएको कास्की प्रहरी स्रोतले बताएको छ । काठमाडौंमा प्रहरी र अदालत दुवैको सम्पर्कमा छैनन् । कास्की जिल्ला अदालतमा प्रहरीले मुद्दा पेश गर्दैमा निजहरू छुटिजाने अवस्थामा पुनः प्रहरीकै जिम्मा दिन माग गरेको थियो । तर, अन्य जिल्लाका मुद्दाका सम्बन्धमा आफैँ उपस्थित हुने गरी रिहा भएका हुन् । अधिकारीका अनुसार काठमाडौं प्रहरीसँग उनलाई पक्राउ गर्ने आधार छैन । ‘अदालतले उपस्थित गराउ’न भन्यो भने मात्र आफूहरूले खोज्नुपर्ने बताएका छन् ।

रविको हकमा आइतबार जिल्ला अदालतमा बयान सकिएपछि पनि थुनछेक बहस शुरु नहुँदा न्यायीक हिरासतमा राख्न प्रहरी परिसर पठाइएको थियो । आज थुनछेक बहस हुनेछ । बहसपछि इजलासको आदेशअनुसार धरौटीमा छुट्ने वा पुर्पक्षका लागि थुनामा राख्ने निश्चित हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार