मंगलवार, आश्विन २० गते २०८३

नेताहरुको जिम्मेवारी टुंग्याउन माओवादी पदाधिकारीको बैठक बोलाइयो

सोमवार , पौष २९, २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बुधबार बोलाइएको छ । नेताहरुको जिम्मेवारी टुंग्याउन पदाधिकारी बैठक बोलाइएको हो । यसअघि आज बस्ने भनिएको बैठक बधुबारसम्मलाई सारिएको छ ।

माओवादी केन्द्रको केन्द्रीय समितिको छैटौं पूर्ण बैठक (पुस २१ गते–२३ गते)ले नेताहरुको नयाँ कार्यविभाजन गर्ने निर्णय गरेको हो । त्यसै अनुसार २ गते बिहान ८ बजे खुमलटारमा बस्ने पदाधिकारी बैठकले कार्यविभाजनमा अन्तिम निर्णय गर्नेछ । पदाधिकारी टुंगोमा पुगेपछि नेताहरुको कार्यविभाजन तोकेर अन्तर पार्टी निर्देशन (अपानी) जारी गर्ने माओवादीको तयारी रहेको छ ।

यसबाट पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको जिम्मेवारी पनि तय हुन्छ । पुन माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पनि सहभागि भएका हुन् । उनी उपाध्यक्षको लहरमा बसेका थिए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपानीमा अरु नेताहरुको कार्यविभाजन हुँदा पुनको पनि जिम्मेवारी टुंग्याइने बताएका हुन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार