बुधवार, आश्विन १४ गते २०८३

म्यानमामा खानी भत्किँदा १२ जनाको मृत्यु

सोमवार , पौष २९, २०८१

एजेन्सी । म्यानमाको उत्तरी काचिन राज्यमा जेड खानी भत्किँदा १२ जनाको शव फेला परेको एक प्रहरी अधिकारीले सोमबार जानकारी दिएका छन् ।

सोमबार दिउँसो करिब १ः३० बजे काचिन प्रदेशको हपाकान्त नगरपालिकाको सेकमु गाउँपालिकाको सापौत गाउँमा उक्त भीषण दुर्घटना भएको उनले बताए।

सोमबार दिउँसोसम्म १२ वटा शव फेला परेको र ५० भन्दा बढी घर माटोमुनि पुरिएको प्रहरी अधिकारीले जानकारी दिए । मृत्यु हुनेको यकिन सङ्ख्या भने खुल्न नसकेको उनले बताए। हाल उद्धार कार्य जारी छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार